Logo
Logo

धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश


189
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार बास्तोलालाई बन्दीप्रत्यक्षीकरणको आदेशमा थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका थिए ।

शावित्रीकुमारी वलीले बास्तोलाको पक्राउविरुद्ध गत फागुन १० गते बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुखलाई विपक्षी बनाइ बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्