Logo
Logo

बीबीसीको डकुमेन्ट्री रिपोर्ट हटाउन प्रेस काउन्सिललाई आयोगको पत्राचार


441
Shares

काठमाडौं। निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई बीबीसीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई लिएर बनाएको डकुमेन्ट्री रिपोर्ट हटाउन आग्रह गर्दै पत्राचार गरेको छ ।

बिहीबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बीबीसीले बनाएको डकुमेन्ट्री रिपोर्ट हटाउन काउन्सिललाई आग्रह गर्दै पत्राचार गरेका हुन् ।

बीबीसी वर्ल्ड सर्भिस र नेपाली सेवाले अंग्रेजी र नेपाली भाषामा तयार पारेको दुई भिडियो रिपोर्ट बिहीबार सार्वजनिक भएपछि तरंग पैदा भएको थियो । उक्त रिपोर्टमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा विद्यार्थीमाथि तत्कालीन प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्रकुवेर खापुङले गोली चलाउन आदेश दिएको उल्लेख छ ।

४१ मिनेट लामो भिडियो रिपोर्टमा गोली चलाउन आदेश दिने पिटर १ कलसाइन तत्कालीन आइजीपी खापुङ भएको उल्लेख छ । तर, बीबीसीको रिपोर्टको विषयमा नेपाल प्रहरीले भने असहमति जनाउँदै प्रहरी कलसाइन संवाद आधिकारिक नभएको जनाएको छ । तैपनि प्रहरीले आधिकारीक रुपमा आफ्नो धारणा बाहिर सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्