काठमाडौं । सङ्खुवासभा र ताप्लेजुङको सिमाना पर्ने तोप्के गोला आसपास केन्द्रविन्दु भएर गएराती भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराती ३ बजेर १८ मिनेट जाँदा तोप्के गोला आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।











