Logo
Logo

रौतहट-४ : सुशासन र रोजगारीको एजेन्डासहित मैदानमा नेकपाका भट्टराई


441
Shares

रौतहट । संघीय प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ नजिकिँदै जाँदा रौतहट जिल्ला क्षेत्र नं. ४ मा चुनावी माहोल तातिएको छ । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका रामकुमार भट्टराईले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मुख्य नारासहित व्यापक चुनावी अभियान अघि बढाएका छन् ।

पाँचकुने तारा चुनाव चिह्नबाट चुनाव लडिरहेका भट्टराईको प्रतिस्पर्धा यस क्षेत्रमा देवप्रसाद तिमल्सिनासहित पत्रकार ऋषि धमलालगायतसँग हुँदैछ । भट्टराई यस क्षेत्रका पुराना र निरन्तर सक्रिय कम्युनिस्ट नेताका रूपमा चिनिन्छन् ।

तत्कालीन माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच एकता हुनुअघि भट्टराई एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा कार्यालय सचिवको जिम्मेवारीमा थिए । २०७० सालको संविधानसभा निर्वाचनमा भट्टराईले नेकपा एमालेबाट कांग्रेसका देवप्रसाद तिमल्सिनालाई पराजित गरेका थिए ।

भट्टराईले राष्ट्रियता र लोकतन्त्रको रक्षालाई आफ्नो प्रमुख प्रतिबद्धता बताउँदै भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेका छन् । यसपटक माओवादी र समाजवादीको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवारका रूपमा मैदानमा उत्रिँदा भट्टराई बलियो दावेदारका रूपमा देखिएका छन् ।

२०७९ सालको समानुपातिक मत परिणामअनुसार कांग्रेसले १४ हजार २१८ मत पाउँदा एमालेले ११ हजार २३१ मत पाएको थियो । माओवादी केन्द्रले ९ हजार ३१९ मत ल्याउँदा एकीकृत समाजवादीले ९ हजार १७९ मत पाएको थियो । यस आधारले पनि भट्टराई बलियो उम्मेदवार हुन् । यो सँगै नेपाली कम्युनिष्ट पार्टीमा अन्य थुप्रै राजनैतिक दलहरु समाहित भएका छन् । त्यस आधारले पनि रामकुमार भट्टराईको जित सुनिश्ति देखिन्छ ।

केन्द्रीय राजनितिमा बलियो पकड भएका भट्टराईको जितले त्यस क्षेत्रको बृहत्तर विकास र सम्वन्वयमा महत्वपूर्ण भूमिका खेल्ने आशामा आम मतदाताहरु भट्टराईको पक्षम उर्लिएका छन् ।

यस्ता छन् उनका शिक्षा स्वास्थ्य, विकास सुशासन सिंचाई पूर्वाधार लगायत क्षेत्रका स्थानिय प्रतिवध्दताहरु-

भ्रष्टाचार नियन्त्रण र सुशासनमा जोड
उम्मेदवार भट्टराईले भ्रष्टाचार अन्त्य, पारदर्शिता र जवाफदेहिता कायम गर्न आवश्यक कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तीनै तहका सरकारबाट सहज र छिटो सेवा प्रवाह सुनिश्चित गर्न विधायकी पहल गर्ने उनको योजना छ ।

शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता
उनले निःशुल्क तथा गुणस्तरीय शिक्षामा जोड दिँदै रोजगारमूलक शिक्षा प्रणालीको विकासका लागि कानुनी व्यवस्था गर्न पहल गर्ने बताएका छन्। सामुदायिक विद्यालयमा शिक्षक–विद्यार्थी अनुपात मिलाउने, आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने तथा प्रत्येक वडामा आधारभूत स्वास्थ्य संस्था स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ।

निर्वाचन क्षेत्रभित्र दुईवटा विशेषज्ञ अस्पताल स्थापना गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने र विपन्न समुदायका लागि सुरक्षित आवास सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाइएको छ।

युवा, कृषि र उद्यमशीलता
युवा रोजगारी, उद्यमशीलता विकास तथा कृषि उत्पादन वृद्धि उनको घोषणापत्रको अर्को मुख्य पक्ष हो। मल–बीउको सहज उपलब्धता, कृषि व्यवसायीकरण र बजारीकरणमा सहजीकरण गर्ने योजना अघि सारिएको छ।

सिंचाइ क्षेत्र विस्तार, बागमती सिंचाइ प्रणाली व्यवस्थापन, स्वच्छ खानेपानीको दीगो व्यवस्था र चुरे संरक्षणमा विधायकी भूमिका खेल्ने उनले बताएका छन्।

पूर्वाधार र क्षेत्रीय विकास
रौतहट–४ अन्तर्गत पर्ने चन्द्रपुर नगरपालिका, वृन्दावन नगरपालिका, गरुडा नगरपालिका र गढीमाई नगरपालिका लाई कृषि, उद्योग, शिक्षा र पर्यटनको विशेष विकास क्षेत्रका रूपमा अगाडि बढाउने योजना प्रस्तुत गरिएको छ।

त्यस्तै, रौतहटको उत्तरी भेगलाई मकवानपुरस्थित मदन भण्डारी राजमार्ग सँग जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखिएको छ।

जनसम्पर्क र उत्तरदायित्व
जनस्तरमा नियमित भेटघाट, विपद् व्यवस्थापनमा तत्काल पहल तथा उपभोक्ता हित संरक्षणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै भट्टराईले ‘काम कारबाहीमा पूर्ण पारदर्शिता’ कायम गर्ने बताएका छन्। उनले मतदातालाई चुनाव चिन्ह ‘तारा’ मा मतदान गर्न आह्वान गर्दै शिक्षा, स्वास्थ्य, रोजगार र सुशासन सुनिश्चित गर्ने अभियानमा साथ दिन अनुरोध गरेका छन्।

रौतहट–४ मा यसपटकको निर्वाचन विकास, सुशासन र सामाजिक न्यायका एजेन्डामाथि केन्द्रित हुने संकेत देखिएको छ ।

नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट रौतहट जिल्ला क्षेत्र नं. ४ का उम्मेदवार रामकुमार भट्टराईलाई नै भोट किन ?

– हामीहरुले र नवयुवाहरुको आन्दोलनले उठाएका भ्रष्ट्रचार नियन्त्रण, बेरोजगार समस्याको अन्त्य लगायतका मुख्य चासोहरुको कानुन अनुसार सम्बोधन गर्न ।
– संविाधन निर्माणको अनुभवलाई संविधानको प्रभावकारी कार्यान्वयनमा उपयोग गर्न ।
– संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै संघीयता कार्यान्वयनको पक्षमा विधायकी भूमिका निर्वाह गर्न ।
– भ्रष्ट्राचारको अन्त्य, सुशासन, तीनै तहका सरकारबाट सहज र छिटो सेवा प्रवाहको व्यवस्था गर्न आवश्यक कानुन निर्माणमा पहल गर्न ।
– शिक्षा, स्वास्थ्य, रोजगार, र प्रतिनिधित्वमा सामाजिक न्यायको हक सुनिश्चित गर्न ।
– आर्थिक विकास र सामाजिक विकासका पूर्वाधार निमाणमा विशेष पहल गर्न ।
–निःशुल्क तथा गुणस्तरीय शिक्षामा विशेष जोड दिंदै रोजगारमुलक शिक्षाको विधायकी व्यवस्था गर्न आवश्य भूमिका निर्वाह गर्न ।
– सामुदायिक विद्यलयमा शिक्षक विद्यार्थी अनुपात अनुरुपको शिक्षको व्यवस्था गर्न र आवश्यक विद्यालय भौतिक पूर्वाधार निर्माणका लागि पहल गर्न ।
– निर्वाचन क्षेत्रभरिमा २ वटा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नें अस्पताल र प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था को स्थापना र विकास गर्न ।
– स्वास्थ्य विमा सम्बन्धी कार्यक्रमको निरन्तरता र प्रभावकारीताको लागि पहल गर्न ।
– युवा रोजगार तथा उद्यमशिलताको साथै कृषि व्यवसाय तथा कृषि उत्पादनको लागि आवश्यक मल विऊको व्यवस्था गर्न र कृषि उद्यमिशिलता, कृषि बजारीकरणको लागि आवश्यक कार्य गर्न ।
– बागमती सिंचाई प्रणालीलाई थप व्यवस्थित गर्दै सिंचाई क्षेत्र विस्तार गर्न, स्थानीय खोल, नदीजन्य जलका श्रोतहरु र अन्य जलाधारको संरक्षण, बहुउपयोग गर्दै दीगो र भरपर्दो स्वच्छ खानेपानी तथा सिंचाईको व्यवस्था गर्न ।
– उपभोक्ता हित संरक्षणका लागि आवश्यक कार्य गर्न ।
– विपन्न, दलित, अल्पसंख्यकका लागि सुरक्षित आवशको व्यवस्था गर्न ।
– पर्यटन क्षेत्रको विकास तथा विस्तार गर्न ।
– खेलकुदको विकासमा विशेष जोड दिन ।
– चुरे संरक्षण गर्न आवश्यक विधायकी भूमिका खेल्न ।

प्रतिक्रिया दिनुहोस्