काठमाडौं । नेपाली कांग्रेसले आज मधेश प्रदेशका चार जिल्लाका चुनावी सभा गर्दै छ । सभापति गगन थापाको सचिवालयका अनुसार आज काँग्रेसले सर्लाहीको लालबन्दी, रौतहट, बारा र हुँवीरगञ्जमा चुनावी सभा गर्ने भएको हो । ति सभालाई सभापति गगन थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

काँग्रेसले आइतबार काठमाडौं उपत्यकामा चुनावी सभा गर्ने कार्यक्रम तय गरेको छ । गत फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेर काँग्रेसले चुनावी सभाको सुरुवात गरेको थियो ।
त्यस्तै काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले आज गुल्मीसहितका जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेसले जनाएको छ ।











