Logo
Logo

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु-इरानी मिडिया


1.3k
Shares

काठमाडौं । इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्यु भएको छ ।

The current image has no alternative text. The file name is: iran.gif

इरानका सरकारी मिडियाले अमेरिका र इजरायलको आक्रमणमा खामेनीको मृत्यु भएको जानकारी दिएका हुन् । यद्यपी इरान सरकारले औपचारिक रूपमा यसको जानकारी दिएको छैन । इरानको प्रेस टिभीले खामेनी अमेरिका र इजरायलको आक्रमणमा सहिद भएको उल्लेख गरेको छ । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको मृत्यु भएको दाबी गरेका थिए । त्यस्तै इजरायली अधिकारीहरूले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै भग्नावशेषबाट खामेनीको शव फेला परेको दाबी गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्