
काठमाडौं । इजरायल–इरानमा सुरु भएको तनावका कारण नेपाली श्रमिकहरू एयरपोर्टमै अलपत्र परेका छन् ।
शनिबार दिउँसोदेखि मध्यपूर्वमा पर्ने विभिन्न देशका सबै फ्लाइट बन्द हुँदा यात्रुहरू एअरपोर्टमै अलपत्र परेका हुन् ।
आइतबार बिहान पनि मध्यपूर्व जाने विमानहरूको फ्लाइट क्यान्सिल नै देखाइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सारजहा, दोहा, दुबै, कुवेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द गरिएको हो ।
ती विमानस्थलबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण नेपाल लगायत विभिन्न देशबाट हुने मध्यपूर्वको सबै फ्लाइट बन्द छ ।











