Logo
Logo

प्रधान सेनापतिद्वारा मध्यपृतना मुख्यालयको निरीक्षण


315
Shares

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले आज हेटौँडास्थित मध्यपृतना मुख्यालयको निरीक्षण भ्रमण गरेका छन् ।

The current image has no alternative text. The file name is: pradhan-senapati.jpg

त्यस क्रममा उनले पृतनाको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिबारे जानकारी लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति सिग्देलले त्यस अवसरमा सकलदर्जालाई प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका थिए । उनले प्रदेश कमान्डपोस्ट र निर्वाचन सेलका पदाधिकारीसँग अन्तरक्रियासमेत गर्नुभएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्