Logo
Logo

कोरोना संक्रमणबाट सप्तरीमा थप एक महिलाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


सप्तरी, २० कात्तिक । सप्तरीमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका सिम्राहाकी २३ वर्षीया महिला छिन् । पिसाबमा समस्या देखिएपछि छ दिनअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी ती महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

उनका अनुसार अस्पतालले बुधबार उनको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । पिसाबमा समस्या देखिएपछि १५ दिनअघि मात्र विराटनगरबाट उपचार गराएर माइती फर्किएकी उनलाई एक्कासी बान्ता भएपछि विपी कोइराला प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । शव व्यवस्थापनका लागि नेपाली सेनाले आवश्यक तयारी गरिरहेको निमित्त प्रमुख यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्