Logo
Logo

दोस्रो छेडेदह कपको उपाधि कन्सनलाई


- नन्दा थापा/संवाददाता


नन्दा थापा, बाजुरा, २१ कात्तिक । जिल्लाकै ठुलो धन राशीको दोस्रो छेडेदह कप फुटवल प्रतियोगिताको उपाधि कन्सन बाजुराले हात पारेको छ । कन्सन बाजुराले जिल्ला प्रहरी कार्यलय बाजुरालाई आधा हाममा १ गोल र अर्को हापमा १ गोल गरि दुई गोलले उपाधि हात पारेको हो ।

खप्तड छेडेदह गाउँपालिकाको आटीचौरमा आयोजना गरिएको दोस्रो छेडेदह कप फुटवल प्रतियोगिमा २४ वटा खेल समुहलाई पछि पार्दै कन्सन बाजुराले आफनो पोल्टोमा जित हासिल गरेको छ । कार्तिक १३ गते छेडेदह स्पोर्टस क्लवले ठुलो घनरासिको खेल संञ्चानल भएको दोस्रो छेडेदह कप फुटबल प्रतियोगितामा बिहीबार फाइनल भएको क्लवका अध्यक्ष लोकेल्द्र खडकाले बताए ।

उक्त खेलको अन्तिम फाईनलमा जिल्ला प्रहरी कार्यलय बाजुरा र कन्सन बाजुरा बिच खेल प्रतिस्पर्धा हुदा कन्सन बाजुराले जिल्ला प्रहरी कार्यलय बाजुरालाई पछि पार्दै २ गोलले कन्सन बाजुरा विजेता भएको छ भने जिल्ला प्रहरी कार्यलय बाजुरा उपविजेता भएको छ । विजेता कन्सन बाजुराले एक लाख ५५ हजार ५ सय ५५ रुपैया नगत सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता जिल्ला प्रहरी कार्यलय बाजुराले एक लाख एक हजार एक सय ११ रुपैया सहित ट्रफि मेडल र प्रमाण प्राप्त गरेको छ ।

बडा दंशैको उपलक्ष्यमा छेडेदह स्पोट्रर्स क्लवले आयोजना गरेको उक्त प्रतियोगिता कार्तिक १३ गते संञ्चालन भएको थियो । खेल्लमा बाजुरा जिल्ला भित्रका जम्मा २४ खेल समुहको सहभागिता रहेको थियो ।

फुटबल प्रतियोगिताको आजै समापन गरिएको छ । छेडेदह स्पोट्रर्स क्लवका अध्यक्ष लोकेन्द्र खडकाको अध्यक्षतामा र नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा पुर्व उद्योग मन्त्री कर्ण बहादुर थापाको प्रमुख आथित्यमा समापन भएको हो ।

समापन कार्यक्रममा नेपाल राष्ट्रिय खेलकुद परिषद सदस्य एकेन्द्र बहादुर कुँवर विशिष्ट अतिथी रहुनभएको थियो भने सुचना आयुक्त कमला ओली, नेकपा जिल्ला कमिट सदस्य राम बहादुर बानिया, नेपाल तरुण दल बाजुराका अध्यक्ष एवं वडा नं. ६ का वडाध्यक्ष कम्भु नाथ योगी, वडा नं ७ का वडाध्यक्ष खगेन्द्र रावत, पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंहलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्