Logo
Logo

कस्तो छ आजको मौसम पूर्वानुमान ?


252
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

The current image has no alternative text. The file name is: kathamandu-2.jpg

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली जिल्लाका थोरै स्थानहरू आंशिक बादल लागेको छ भने बाँकी पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहको छ। तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ र दिउँसो मौसम मुख्यतया सफा रहनेछ । 

त्यस्तै आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ ।

प्रतिक्रिया दिनुहोस्