Logo
Logo

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका सेनाध्यक्ष मनोज मुकुन्द्र नरवणेबीच भेटवार्ता भएको छ । तीन दिनअघि नेपाल भ्रमणमा आएका नरवणेले आज स्वदेश फर्किनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी छन् ।

त्यस्तै नरवणेसँगै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी छन् । भेटका क्रममा प्रधानमन्त्रीज्यूले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको र दुई देशका सेनाप्रमुखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताए ।

भेटवार्ताका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्