
काठमाडौं । देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये निर्वाचन आयोगले अहिलेसम्म २७ स्थानको नतिजा घोषणा गरेको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी २० सिट जितेको छ ।
दोस्रोमा नेपाली कांग्रेसले ५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १ र नेकपा एमालेले १ स्थानमा विजय हासिल गरेका छन्। of] निर्वाचन आयोगले शनिबार बिहान ८ः ४८ बजे घोषणा गरेको नतिजा हाे ।
रास्वपाले जितेका २० सिट
मोरङ क्षेत्र नं ४ मा सन्तोष राजवंशी
मोरङ ६ मा रुबिना आचार्य
धनुषा ३ मा मनिष झा
काठमाडौँ १ मा रञ्जु दर्शना
काठमाडौँ २ सुनिल केसी
काठमाडौँ ३ मा राजुनाथ पाण्डे
काठमाडौँ ४ मा पुकार बम
काठमाडौँ ५ मा सस्मित पोखरेल
काठमाडौँ ७ मा गणेश पराजुली
काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ
काठमाडौँ ९ मा डोलप्रसाद अर्याल
काठमाडौँ १० मा प्रदीप विष्ट
कास्की २ मा उत्तमप्रसाद पौडेल
कास्की ३ मा बिना गुरुङ
रुपन्देही ४ बाट कन्हैया बानियाँ
बाँके १ मा सुरेशकुमार चौधरी
स्याङ्जा १ मा धनञ्जय रेग्मी
बाँके ३ खगेन्द्र सुनार
चितवन–२ रवि लामिछाने
महोत्तरी १ मा प्रमोदकुमार महतो
कांग्रेसले जितेका ५ सिट
मनाङ १ मा टेकबहादुर गुरुङ
मुस्ताङ १ मा योगेश गौचन थकाली
दैलेख १ मा वासना थापा
तेह्रथुममा सन्तोष सुब्बा
रसुवामा मोहन आचार्य
नेकपाले जितेको १ सिट
रुकुमपूर्व १ मा पुष्पकमल दाहाल प्रचण्ड
एमालेले जितेको १ सिट
बाँके २ मा मोहम्मद इश्तियाक राई











