Logo
Logo

जाँचबुझ आयोगले भोलिसम्म प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने


2.3k
Shares

काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे छानविन गर्न गठित जाँचबुझ आयोगले भोलिसम्म प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रतिवेदनलाई अन्तिम रुप दिन आयोगका पदाधिकारीहरु सिंहदरबारस्थित कार्यालयमा बसिरहेका छन् । एक पदाधिकारीमा अनुसार मिल्यो भने आज बेलुकी, नभए भोलिसम्ममा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाइने तयारी भएको हो ।

अनुसन्धानका क्रममा संकलन भएका प्रमाण र दस्तावेजहरूलाई वर्गीकरण गरेर आयोगको सचिवालयले शिलबन्दी गर्ने काम गरिरहेको छ । ती कागजात पनि आयोगले प्रधानमन्त्रीलाई बुझाउनेछ ।

गत २३ भदौमा जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन भएको छ । आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानूनविज्ञ विश्वेश्वर भण्डारी सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्