Logo
Logo

झापामा हिजो र आज बिहानै गरी कोरोना सङ्क्रमणबाट छ जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


झापा, २३ कात्तिक । कोरोना सङ्क्रमणबाट जिल्लामा आज बिहानै थप दुई जनासहित छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–६ की ८१ वर्षीया वृद्धा र भद्रपुर नगरपालिका–५ का ६३ वर्षीय पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले हिजो शनिबार मात्र शिवसतासी नगरपालिका–६ की २३ वर्षीया स्वास्थ्यकर्मी महिला, विर्तामोड नगरपालिका–४ की ४० वर्षीया महिला र ८५ वर्षीय पुरुष, दमक नगरपालिका–८ की ४२ वर्षीया एक महिला गरी जम्मा चार जनाको मृत्यु भएको बताए ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार सन् २०१६ का भद्रपुर जेसिजका अध्यक्ष तथा नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष कुमुदचन्द्र झाको होमआइसोलेसनमै मृत्यु भएको हो । उहाँको दुई दिनअघि मेची प्रादेशिक अस्पताल भद्रपुरमा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उनी लामो समयदेखि दुवै मिर्गाैला खराब भएर डायलासिस गराइरहेको प्रमुख श्रेष्ठले बताए । जिल्लामा कोरोना सङ्क्रमणबाट ६३ जनाको मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्