Logo
Logo

त्रिवेणीको निर्णयविरुद्ध उच्च अदातलमा उजुरी, कार्यान्वयन नगर्न अदालतको आदेश


- दृष्टि न्युज/संवाददाता


बाजुरा, २३ कात्तिक । त्रिवेणी नगरपालिका नगर कार्यपालिकाले गरेको निर्णयविरुद्ध उच्च अदालतमा उजुरी परेको छ । १५ शैयाको अस्पताल भवन निर्माणको निर्णय नगरपालिकाले कानुनी प्रावधान र मापदण्ड विपरित एकलौटी गरेको विरोधमा उच्च अदालत दिपायलमा उजुरी परेको हो ।

तोली देवलडाँडा स्वास्थ्य चौकीका तर्फबाट स्वास्थ्य चौकी इन्चार्ज वीरबहादुर अयडीले कात्तिक १८ गते उच्च अदालतमा उजुरी दर्ता गराएका थिए । भने उजुरीको १९ गते सुनुवाई भएको छ । न्यायधिस शेषप्रसाद सिवाकोटीको एकल इजलासले नगरपालिकाले गरेको निर्णय कार्यान्वयन नगर्न र नगराउन आदेश जारी गरेको छ ।

संघीय सरकारले नै स्थान तोकेर, हालकै तोेली स्वास्थ्य चौकीको २ सय मिटर पेरिफेरिमै भवन निर्माण गर्नु पर्ने मापदण्ड बनाएको र नामै तोकेर आएकोले अर्को आदेश जारी नभएसम्मका लागि निर्णय कार्यान्वयन नगर्न र नगराउन आदेश जारी गरेको छ ।

त्रिवेणी नगरपालिकाले भने साविक कैलाशमाडौंका स्थानीयलाई पनि सहज हुने र नगरपालिकाको समेत केन्द्र रहने स्थान तोलीको टुँडे गडामा नै १५ शैयाको अस्पताल निर्माण गर्ने गरी असोज २३ गते निर्णय गरेको थियो ।

हालकै स्वास्थ्य चौकीसँगै जोडिएर नयाँ भवन तोली देवलडाँडा स्वास्थ्य चौकीकै नाममा निर्माण हुने पर्ने भन्दै स्थानीयले विरोध सहीत हस्ताक्षर समेत नगरपालिकामा बुझाएका थिए । ११ सय ३७ जनाको लिखित हस्ताक्षर सहीत नेकपा त्रिवेणी नगर कमिटीले नियम विपरित भवन निर्माणको एकलौटी निर्णइ नगर्न ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।

अदातलले आदेश जारीपछि कार्यान्वयन प्रक्रिया रोकिने भएको छ । आदेशमा जारी भएको आदेश विपक्षी नगरपालिकालाई पनि दिनु र छलफलका लागि उपस्थित गराउनु पनि उल्लेख गरिएको छ । त्रिवेणी सहीत जिल्लाका अन्य स्थानीय तहमा जनसंख्याको अनुपात हेरेर ५ देखि १५ शैयाका अस्पताल निर्माणका लागि बजेट आएको छ ।

प्रतिक्रिया दिनुहोस्