Logo
Logo

सांसद बने पनि महावीरलाई किताब बेच्नै हतारो !


819
Shares

पोखरा । म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित पूर्व शिक्षामन्त्री महावीर पुन पोखरामा आफ्नो किताब बेचिरहेका छन्। उनले पोखराको पृथ्वीचोक, महेन्द्रपुल र अन्य प्रमुख स्थानमा किताब बिक्री गरेका छन्।

म्याग्दीबाट लोकप्रिय मतका साथ चुनाव जितेका पुनसँग फोटो खिच्ने र हस्ताक्षर सहित किताब किन्ने दर्शकहरूको भिड लागिरहेको छ। उनले कारखाना चलाउने र किताब बिक्री गर्ने काम जेनजी आन्दोलनअघि पनि देशभर सक्रिय थिए।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपश्चात बनेको पूर्वप्रधान न्यायाधिश सुशीला कार्की नेतृत्वको सरकारमा उनले शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र चुनाव लडेका महावीरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गरेको थियो।

महावीर पुनले २२ हजार ८५० मत प्राप्त गरी विजयी भएका थिए। उनका प्रतिस्पर्धी नेकपा एमाले का हरिकृष्ण श्रेष्ठले ७ हजार ९१० मत र नेपाली कांग्रेस का कर्णबहादुर भण्डारीले ६ हजार ६७६ मत प्राप्त गरेका थिए।

चुनाव जितेपछि पोखरामा किताब बिक्री गरिरहेको महावीरसँग नागरिकबीच विवाद भएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा जनता हस्ताक्षर गर्दै किताब बेचिरहेका महावीरलाई “तपाईंलाई जिताएका मतदाताको किताब बेच्न किन लाग्नु?” भनी प्रश्न गर्दै देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्