Logo
Logo

चैत ५ मा समानुपातिक सांसदलाई प्रमाणपत्र, निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष बुझाइने


756
Shares

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई चैत ५ गते प्रमाणपत्र प्रदान गरिने भएको छ ।

The current image has no alternative text. The file name is: Nirwachan-ayog.jpg

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार, आयोगले समानुपातिक सांसदलाई निर्वाचित प्रमाणपत्र वितरण गर्न तयारी सुरु गरेको छ । सोमबार ११० सांसदको सूची पनि सार्वजनिक गरिएको थियो ।

सूचिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाली कम्युनिष्ट पार्टीका ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ४-४ जना सांसद निर्वाचित भएका छन् ।

सांसदहरूलाई प्रमाणपत्र वितरण गरेसँगै निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने जानकारी सहायक प्रवक्ता जिसीले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्