
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए । अभिमुखीकरणको पहिलो दिन सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी भएका थिएनन् ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति लामिछाने र वरिष्ठ नेता बालेन शाह आजको समापन समारोहमा सहभागी हुने जानकारी दिएका छन् । यद्यपि रास्वपाले कार्यक्रमको सेड्युलमा सभापति लामिछाने सहभागी हुने उल्लेख गरेपनि शाहबारे केही खुलाएको छैन ।
२१ फागुनमा सम्पन्न निर्वाचनबाट रास्वपाले प्रत्यक्ष र समानुपातिक गरि १८२ सिट जितेको छ । ती सांसदहरुलाई रास्वपाले संसद सुरु हुनुअघि संसदीय मर्यादा सिकाएको हो ।











