Logo
Logo

आगामी हप्ता नयाँ सरकार बन्छ होला : अर्थमन्त्री


693
Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ता नयाँ सरकार बन्नसक्ने बताएका छन् । नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ सरकार अर्को हप्ता बन्न सक्ने बताएका हुन् ।

निर्वाचन आयोगले विहीबार सामानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गर्दैछ । त्यसपछि आयोगले संभवतः बिहीबारै राष्ट्रपतिसमक्ष ‘निर्वाचन प्रतिवेदन २०८२’ बुभलाउने छ । त्यसपछि संविधान अनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्ने मन्त्री खनालले जानकारी दिए ।

साथै उनले अब आफूले पनि विश्राम लिने बेला भएको बताए । अर्थमन्त्री खनालले शक्तिशाली बहुमतसहित आएको सरकारले बाह्य क्षेत्रबाट उत्पन्न चुनौती सामना गर्दै समष्टिगत आर्थिक परिसूचकमा देखिन गएको संकेत अनुसार काम गर्न सकोस् भन्ने कामना पनि गरे ।

प्रतिक्रिया दिनुहोस्