Logo
Logo

सरकारी अस्पतालमा उपचार गराउन सांसदहरुलाई रविको आग्रह


189
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन आग्रह गरेका छन् ।

ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा भइरहेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै आकस्मिक अवस्थामा बाहेक सरकारी अस्पतालमा उपचार गराउन आग्रह गरेका हुन् ।

उनले भने, ‘सक्नुहुन्छ भने सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् । सेवालाई चुस्त बनाउनुस् । म बाध्यकारी भन्दिनँ ।’

पार्टी स्थापना भएको ४ वर्ष पनि नहुँदा विभिन्न व्यक्तिहरू जोडिएको र जनताले दिएको ठूलो जिम्मेवारी ग्रहण गर्नुपर्ने भन्दै उनले यसलाई ख्याल गर्न र नागरिकको हितमा काम गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्