Logo
Logo

वर्तमान व्यवस्था र संविधानप्रति प्रतिबद्ध छु : रवि लामिछाने


630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा आयोजित रास्वपा सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले वर्तमान व्यवस्था र संविधानप्रति पार्टीको प्रतिबद्धता अटल रहेको स्पष्ट पारे । यद्यपि, उनले शासकीय स्वरूपमा आवश्यक सुधारको पक्षमा आफू रहेको बताए ।

‘म लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्छु । वर्तमान व्यवस्था र संविधानप्रति प्रतिबद्ध छु,’ उनले भने, ‘शासकीय स्वरूपमा समयअनुसार केही सुधार आवश्यक छ भन्ने हाम्रो बुझाइ हो । तर वर्तमान व्यवस्था, परिवर्तन र संविधानप्रति हाम्रो प्रतिबद्धता डगमगाएको छैन र डगमगिने पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्