Logo
Logo

मुआब्जा विवादले रोकियो पूर्व-पश्चिम रेल्वेको काम


693
Shares

काठमाडौं । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । महोत्तरीको बर्दिबास नगरपालिका क्षेत्रमा १४ जनाको मुआब्जा विवादले काम रोकिएको हो ।

भारत सरकारको सहयोगमा भारतको जयनगरदेखि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकास्थित रेल्वे स्टेशनसम्म रेल सञ्चालनमा आइसकेको छ । तर मुआब्जा नदिँदा भङ्गहाबाट बर्दिबाससम्मको काम रोकिएको हो ।

१४ जनालाई सातदेखि आठ करोड रुपैयाँ मुआब्जा तिर्न बाँकी छ । विभागले रकम निकासाका निम्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गरेको जनाएको छ ।

बर्दिबासका पीडितहरुले मुआब्जाका लागि पटकपटक रेल विभागमा धाइराखे पनि मुआब्जा नपाउँदा उनीहरुले यसअघि धेरै पटक काम रोक्ने चेतावनी दिएका थिए । तर, पनि रेल्वेले सुनुवाई नगरेपछि अन्ततः पीडितहरुले बर्दिबासमा रेल्वे मार्गको निर्माण कार्य रोकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्