Logo
Logo

कामना सेवा विकास बैङ्क र अशोका रिसोर्ट प्रा.लि.बीच  शुल्क छुट सम्झौता


252
Shares

काठमाडौं । कामना सेवा विकास बैङ्कले चितवन, भरतपुर स्थित अशोका रेसोर्ट प्रा. लि. तथा होटल अशोका सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

The current image has no alternative text. The file name is: kamana.jpg

यस सम्झौता अन्तर्गत बैङ्कका कर्मचारी र ग्राहकहरूले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट पाउने छन् । बैङ्कको ग्राहकहरूले बैङ्कसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने छन् । यस सम्झौताबाट बैङ्कसँग आबद्ध सम्पूर्णलाई  विशेष लाभ लिने बैङ्कले विश्वास लिएको छ ।

उक्त छुट सम्बन्धी सम्झौतामा बैङ्कका तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारी र होटेलका प्रबन्ध निर्देशक अशोक अधिकारीले हस्ताक्षर गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्