Logo
Logo

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ


1.2k
Shares

काठमाडौं । जेनजी आन्दोलन हुँदा काठमाडौँको सिडीओ रहेका छवि रिजाल पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई तिनकुनेको सुविधानगरबाट पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले पूर्वप्रजिअ रिजाल पक्राउ परेको पुष्टि गरे । उनका अनुसार थप अनुसन्धानका लागि रिजाललाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भइरहेको छ ।

जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । भदौ २३ र २४ मा प्रदर्शन हुँदा उनी काठमाडौँको प्रमुख जिल्ला अधिकारी थिए ।

बानेश्वरमा किशोरहरुको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको तीव्र आलोचना भइरहेको छ । तर, गौरीबहादुर कार्की नेतृत्वको आयोगमा रिजालले आफुले घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नगरेको बयान दिएका छन् ।

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै पूर्व प्रधानमन्त्री केपी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक यसअघि नै पक्राउ गरेका थिए । शनिबार बिहान निसाबाटै पक्राउ परेका उनीहरुमाथि ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्