Logo
Logo

एमाले सचिवालय बैठक जारी


63
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अहिले पार्टी मुख्यालय च्यासलमा जारी छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि एमालेको सचिवालय बैठक बसेको यो दोस्रोपटक हो ।

गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले विरोधका कार्यक्रम तय गरेको थियो । आज जारी बैठकमा पार्टीका आगामी कार्यक्रमबारे र संसदीय दलको नेता चयनको विषयमा छलफल भइरहेको छ ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएकाले एमाले दलको नेता चयनको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्