काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं-दिल्ली-काठमाडौं हवाई उडान सेवामा विस्तार गरेको छ । निगमले यो रुटमा यात्रुको चाप र माग बढ्दै गएपछि चैत १७ गतेदेखि लागू हुने गरी थप तीनवटा उडान सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।

हाल आरए २१७/२१८ उडान नम्बरबाट दैनिक एउटा उडान भइरहेकोमा अब आरए २०५/२०६ बाट हप्ताको थप तीन दिन उडान हुनेछ ।
उडान सङ्ख्या थपिएसँगै अब काठमाडौं र दिल्लीबीच नेपाल वायुसेवा निगमका हप्ताको १० वटा उडान हुने भएका छन् । निगमले प्रेस नोट जारी गर्दै नयाँ तालिका अनुसार उडान सुरु भइसकेको जानकारी दिएको छ ।












