Logo
Logo

कलाकार ‘बले’माथि जबरजस्ती करणीको आरोप


1.1k
Shares

काठमाडौं । अमेरिकामा बस्दै आएकी एक युवतीले कलाकार सागर लम्साल (बले)माथि जबरजस्ती करणीको आरोप लगाएकी छन् ।

The current image has no alternative text. The file name is: sager.jpg

एक भिडिओ निर्देशकी छोरीसमेत रहेकी ती युवतीले अमेरिका गएका बेला लम्सालले एक वर्षअगाडि आफूमाथि जबरजस्ती करणी गरेको आरोप लगाएकी हुन् । 

फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू बलात्कृत भएको आरोप लगाउँदै बलेलाई मेन्सन गरेकी छन् । आफू डिप्रेसन र एन्जाइटीबाट पीडित रहेको पनि उनले उल्लेख गरेकी छिन् ।

पहिल्यैदेखि पारिवारिक चिनजान रहेको बताउँदै उनले आफूले राम्रो र असल सोचेर आफ्नो समस्या बताएको तर उसैले आफूलाई जबरजस्ती करणी गरेको उनको आरोप लगाएकी छन् । आफूले आफ्नो समस्या परिवारलाई भन्न नसकेको भन्दै उनले फेसबुकमार्फत समस्या सार्वजनिक गरेकी हुन् ।

परिवार ध्वस्त हुने डरले आफूले आजसम्म यो कुरा बाहिर ल्याउन नसकेको तर अहिले बाहिर ल्याएको भन्दै उनले बलेलाई राक्षस भनेकी छन् । उनले अन्तिममा बलेलाई प्रश्न गरेकी छन्, ‘कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ ?’

यस्तो छ पीडित युवतीले सामाजिक सञ्जालमा राखेको पोस्ट:

प्रतिक्रिया दिनुहोस्