काठमाडौं । कुमारी बैङ्क लिमिटेडले आफ्नो २५ औँ वार्षिकोत्सव मनाएको छ । २५ औँ वार्षिकोत्सवको अवसरमा कुमारी बैङ्क लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक वर्ग, सेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै गरेको छ ।

कुमारी बैङ्क लिमिटेड देशकै अग्रणी बैङ्क बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरूप आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध रहेको बताएको छ ।
कुमारी बैङ्कको २५ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौं, ललितपुर, भक्तपुर लगायत उपत्यका बाहिरका सम्पूर्ण प्रदेशहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । जसबाट स्थानीय स्तरमा रक्त बैङ्कका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्त्वपूर्ण योगदान गर्ने लक्ष्य बैङ्कको रहेको थियो ।
वार्षिकोत्सवकै अवसरमा बैङ्कले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न “परम्परागत भेषभुषा” पहिरन गरी वार्षिक उत्सव सम्पन्न गरेको छ । यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान गर्न मद्दत पू¥याएको छ । विविध सांस्कृतिक परम्परालाई अँगाल्दै, बैङ्कले आफ्नो कार्यशक्तिमा समावेशीता र सम्मानलाई बढावा दिएको छ । यस मार्फत, बैङ्कले “सबैका लागि सधैका लागि” भन्ने मूल उद्धेश्य भित्र रहि आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ ।
यसका साथै बैङ्कले आफ्ना सम्पूर्ण शाखाहरू मार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरू देशैभरि वर्षै भरि गर्न “समुदायका लागि कुमारी बैङ्क” कार्यक्रमको थालनी गरेको छ । यस कार्यक्रम मार्फत समुदायका गरिब, विपन्न तथा पिछडिएका वर्गहरूको जीवन स्तर सहज बनाउन बैङ्कले आफ्ना सम्पूर्ण शाखाहरूबाट निरन्तर प्रयास गर्ने बैङ्कले जनाएको छ । साथै, बैङ्कले आफ्नो रजत जयन्तीको अवसरमा सिल्भर सेभिङ्गस् बचत खाता पनि सार्वजनिक गरिसकेको छ जसमा ग्राहकहरूले बचत खातामै मुद्दती खाताको जस्तो ब्याजदर पाउनेछन् ।
विगत २५ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०२ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना तिस लाखभन्दा बढि ग्राहकवर्गहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । बैङ्कले आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।











