Logo
Logo

कांग्रेस र नेकपाले सभामुखमा उम्मेदवारी नदिने, उपसभामुखमा दुबैको दाबी


2.1k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाको उपसभामुखमा दाबी गरेको छ ।

सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डीपी अर्याललाई समर्थनको नीति लिएको कांग्रेस र नेकपाले उपसभामुखमा दाबी गरेको हो । कांग्रेस महामन्त्री प्रदीप पौडेलले सभामुख पदमा कांग्रेसबाट उम्मेदवारी नरहने र उपसभामुखमा दाबी रहने बताए ।

यता नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि सभामुख पदमा उम्मेवारी नदिने तर उपसभामुख पदमा भने दाबी रहने बताए ।
सभामुख निर्वाचनका लागि आज दिउँसो २ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम छ । सभामुख निर्वाचित भएपछि उपसभामुख चयनको प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्