Logo
Logo

डीपी अर्याललाई राजनीतिक सम्मान दिनेहरूप्रति रविले दिए धन्यवाद


567
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस भएको छ । रास्वपा सभापति रवि लामिछानेले उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।

The current image has no alternative text. The file name is: rabi-lamichhane-samsad.jpg

सभापति लामिछानेले अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गर्ने सबै दलहरूलाई धन्यवाद दिए । लामिछाने भने,  ‘यो मद्दत र राजनीतिक सम्मानका लागि सबैलाई धन्यवाद ।’

रविको प्रस्तावमा डा. स्वर्णिम वाग्लेले समर्थन जनाएका छन्  । शुक्रवार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेकाले उनी सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । आजको प्रतिनिधि सभा बैठकले उनी निर्वाचित भएको औपचारिक घोषणा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्