Logo
Logo

सदनको मर्यादा कायम हुनेगरी काम गर्छु : सभामुख


504
Shares

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनको मर्यादा कायम हुनेगरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सभामुख निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको संक्षिप्त जवाफ दिँदै उनले संविधान र कानूनको पालना गर्दै सबै सांसदहरुको सम्मान हुनेगरी आफू अघि बढ्ने समेत बताए ।

नवनिर्वाचित सभामुख अर्यालले आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘संविधान, कानून राम्रोसँग हेरेको छु मैले । त्यसलाई पालना गरेर सबै माननीय ज्यूहरुलाई सम्मान हुने किसिमबाट सदनको मर्यादा कायम हुने किसिमबाट काम हुन्छ । निष्पक्ष भूमिका निर्वाह हुनुपर्छ, हुन्छ ।’

नवनिर्वाचित सभामुख अर्यालले संविधान र कानूनको ज्ञान आफूलाई राम्रोसँग भएकाले संसदलाई सोहीअनुसार अघि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्