Logo
Logo

स्वर्णिम वाग्लेले संसद्मा सम्झिए कृष्णप्रसाद भट्टराई र सुवास नेम्वाङ


1.9k
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रतिनिधि सभाको बैठकमा पूर्व सभामुख कृष्णप्रसाद भट्टराईदेखि सुबास नेम्वाङसम्मलाई सम्झिएका छन् ।

सभामुखमा डोलप्रसाद अर्याललाई प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा पूर्व सभामुखहरूले स्थापित गरेको मानकलाई अझ माथि उठाउन शुभकामना दिएका थिए ।

डा. वाग्लेले २०१५ सालका सभामुख कृष्णप्रसाद भट्टराई, २०४८ सालपछि सभामुख बनेका दमननाथ ढुङ्गाना र २०६५ सालपछि संक्रमणकालमा भूमिका निर्वाह गरेका सुवासचन्द्र नेम्वाङलाई सम्झिदै उनीहरूले स्थापित गरेको निष्पक्षता र सन्तुलनको मानकलाई अर्यालले निरन्तरता दिनेमा विश्वास व्यक्त गरेका छन् ।

उनले दलीय आबद्धताभन्दा माथि उठेर तटस्थ रूपमा प्रतिनिधि सभा सञ्चालन गर्ने विश्वास व्यक्त गर्दै अर्यालले विगतका सभामुखहरूले स्थापित गरेका मानकलाई अझ सुदृढ बनाउने अपेक्षा आफूले राखेको बताए । 

आइतबारको प्रतिनिधि सभा बैठकमा सभामुखमा अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएसँगै उनी नयाँ सभामुखमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्