विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय को आयोजनामा विराटनगरका स्थानीय महिला समूहसँग शनिवार बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिलाहरूमा बीमाको आवश्यकता र महत्वबारे जनचेतना अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्र्रिती देवले जीवन बीमा, स्वास्थ्य बीमा, कृषि बीमा लगायतका बीमाका प्रकारहरूबारे जानकारी गराएकी थिइन् । उनले विपद्, दुर्घटना तथा आकस्मिक आर्थिक जोखिमबाट जोगिन बीमा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै बीमाको महत्त्व प्रक्रिया र दाबी प्रक्रियाका विषयमा उपस्थित महिलाहरूलाई जानकारी गराएकी थिइन् ।
अन्तरक्रिया सत्रमा सहभागी महिला हरूले बीमा सम्बन्धी बीमा पछि रोग लाग्यो भने पाँउने सुविधा , बीमा गर्नुपर्ने व्यक्ति रोगी छ भने बीमा हुन्छ कि हुदैन , पि आई डि को सुविधा कसरी ले र समुहमा बीमा कुन कुन गर्न सकिन्छ लागायतको विषयमाआफ्ना जिज्ञासा राखेका थिए । सो कार्यक्रममा विशेष गरी ग्रामीण क्षेत्रमा बीमा सेवाको पहुँच, प्रक्रिया तथा विश्वासको विषयमा प्रश्नहरू उठाइएको थियो ।
प्राधिकरणकी कोशी प्रदेश प्रमुख प्रिती देवले बीमा प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउने प्रयास भइरहेको जानकारी गराइन् । उनले विपद् तथा स्वास्थ्य समस्याका समयमा बीमाले आर्थिक सहारा दिने गरेको बताउदै हामीले आर्जन गरेको केही बचतबाट बीमा गर्न आवश्यक रहेको औँल्याए । उनले महिला समूहहरूलाई समूहगत रूपमा बीमा योजना अपनाउन र समुदायस्तरमा सचेतना फैलाउन आग्रह समेत आग्रह गरिएको थियो । कार्यक्रममा विभिन्न ४ बटा भर्जन समूहका करिब ६० जना महिलाहरूको सहभागिता रहेको थियो ।











