काठमाडौं । अदालतले शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध ५ दिन म्याद थप गरेको हो ।

उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ गरिएको थियो । बहस सकिएसँगै अदालतले उनलाई ५ दिन थुनामा राख्न अनुमति दिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविद्ध अनुसन्धान भइरहेको छ । अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए । उनलाई पछि विभागले तारेखमा छाडेको थियो ।
यसअघि शुक्रवार नै शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए । उनलाई भने बयान सकेर छोडिएको छ । मुख्य कम्पनी जगदम्बा स्टिल हो ।











