Logo
Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने


378
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस संसदीय दलको नेतामा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्कादेखि निस्कल राईसम्मको चर्चा भइरहेको छ ।

सभामुख चयन नगरुन्जेल जेष्ठ सदस्य केसीले संसद बैठक सन्चालन गर्दै आएका थिए । जसकारण कांग्रेसले ढिलो गरी दलको नेता चयन गर्न लागेको जनाएको छ । आइतबार डोलप्रसाद (डीपी) अर्याल सभामुख चयन भइसकेकाले अब अर्यालले नै प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेछन् ।

अरु दलहरूले संसदीय दलको नेता चयन गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय दलको नेता चयन भएर प्रधानमन्त्री बनिसके ।

नेकपा एमालेले रामबहादुर थापालाई, नेपाली कम्युनिस्ट पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानेन्द्र शाहीलाई दलको नेता चयन गरिसकेका छन् ।

तर, प्रतिनिधिसभाको दोस्रो ठूलो दल एवम् प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्