Logo
Logo

सर्वदलीय बैठक बस्दै, संसदको आगामी कार्यसूची तय गरिने


378
Shares

काठमाडौं । संघीय संसद सचिवालयले आज सर्वदलीय बैठक बोलाएको छ । संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्न बिहान ११ बजे बैठक बस्ने भएको हो ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेशहरूलाई स्वीकृत गर्ने प्रस्ताव गृहमन्त्री सुदन गुुरुङले पेश गर्ने सम्भावित कार्यसूची छ ।

‘सम्भावित कार्यसूचीमा तीनवटा अध्यादेशहरू जुन पहिलो बैठकमा प्रस्तुत भएका थियो, ती अध्यादेशहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने भनिएको छ,’ उनले भने, ‘यद्यपि ११ बजे सर्वदलीय बैठक बसिसके पछाडि यो कार्यसूचीमा केही परिमार्जन हुन सक्छ ।’

आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।

सर्वदलीय बैठकमा सदनको कार्यसम्पादनलाई व्यवस्थित बनाउन ‘कार्यव्यवस्था परामर्श समिति’ गठन गर्ने विषयमा पनि छलफल हुने छ ।

कार्यव्यवस्था समिति २१ सदस्य भन्दा बढी नहुनेगरी बनाउने विषयमा परामर्श भइरहेको छ । अहिले प्रतिनिधिसभाको पुरानै नियमावलीका आधारमा काम भइरहेकोमा अब नयाँ नियमावली बनाउने प्रक्रिया पनि बैठकले अगाडि बढाउने सम्भावना छ । सम्भवतः आज प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समिति गठन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्