Logo
Logo

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजपनि सुनुवाइ


1.2k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि हुँदैछ ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा पेशी तोकेर सुनुवाई शुरु भएकोमा सुनुवाई नसकिएपछि यो रिट हेर्दा हेर्दैमा राखिएको थियो ।

आइतबार निवेदक पक्षका वकिलको बहस सकिएको छ भने अब आज सरकार पक्षका वकिलको बहस हुने छ । यसअघि अलग अलग इजलासले जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ पेश गरिसकेकाले आजदेखि संयुक्त इजलासमा सुनुवाइ शुरु भएको हो ।

भदौ २३ र २४ गतेको आन्दोलनको जाँचबुझ समितिको सिफारिसका आधारमा ओली र लेखक चैत १४ गते पक्राउ परेका थिए ।अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्