Logo
Logo

एमालेले सरकारमाथि कडा निगरानी राख्ने


819
Shares

काठमाडौं । नेकपा एमालेले संसद्मा सरकारको कामकारबाहीमाथि कडा निगरानी राख्ने बताएको छ । सङ्घीय संसद् सचिवालयले सोमबार आयोजना गरेको सर्वदलीय बैठकमा एमालेले निगरानीसँगसँगै खबरदारी गर्ने बताएको हो । 

The current image has no alternative text. The file name is: guru-baral.jpg

बैठकपछि एमाले नेता गुरु बरालले विधिको शासन र कानुन कार्यान्वयनमा प्रश्न उठे एमालेले संसद्मा सशक्त आवाज बुलन्द गर्ने बताए । उनले भने, ‘जहाँ कानुनको उल्लङ्घन हुन्छ र विधिको शासनमा प्रश्न उठ्छ, त्यहाँ हामी चुप लागेर बस्दैनौँ,’ बरालले भने ।

उनले नागरिकका मौलिक र राजनीतिक अधिकार प्रयोगमा सरकारले व्यवधान खडा गरे सदनमा कडा प्रतिवाद गर्ने चेतावनी समेत दिए । एमालेले संविधान प्रदत्त अधिकारको सुनिश्चितताका लागि सरकारलाई निरन्तर ‘चेक एण्ड ब्यालेन्स’ मा राख्ने रणनीति बनाएको बताए । 

प्रतिक्रिया दिनुहोस्