Logo
Logo

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय राजदूतबीच शिष्टाचार भेटवार्ता 


378
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सोमबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदूत श्रीवास्तवले भारतका विदेशमन्त्री एस.जयशंकरको तर्फबाट खनाललाई नयाँ जिम्मेवारी सम्हालेकोमा शुभकामना सन्देश प्रदान गरेका थिए ।

सो अवसरमा नेपाल-भारत सम्बन्ध र आपसी सहकार्यका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्