Logo
Logo

विदेशी ऋण लिने सरकारको निर्णयप्रति राप्रपा सांसदको आपत्ति


693
Shares


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले विदेशी ऋण लिने सरकारको निर्णयप्रति आपत्ति जनाएकी छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कुन नीतिगत बहसका आधारमा ऋण लिइएको भन्दै प्रश्न गरिन् ।

उनले भनिन्, ‘हाम्रो संसद् अझै शिशु अवस्थामा छ । संसदीय समिति र उपसमितिहरू बनेका छैनन् । यस्तो अवस्थामा सरकारले गरेको निर्णय पारदर्शी नहुने सम्भावना छ । उक्त ऋण हामीले माग गरेको थियौँ कि प्रस्ताव आएको थियो ? यसको सरकारले संसद्मा जवाफ देओस ।’

मध्यपूर्वको तनावको प्रभाव जनताको भान्छामा समेत परेको भन्दै उनले पेट्रोलियम पदार्थमा लगाएको कर घटाएर भए पनि सहुलियत दिनको लागि आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्