
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नाम टिपाउनुपर्ने परम्परा हटाउन माग गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले आकस्मिक विषय जुनसुकै बेलामा पनि राख्न पाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘सदनमा शून्य र विशेष समय छ । आकस्मिक समयलाई पनि मैले पहिला सभामुखजीलाई भनेको थिएँ । आकस्मिक समयलाई पनि अगाडि लगेर टिपाउनुपर्ने यो परम्परा अन्त्य गरेर परिवर्तन हुनुपर्छ । प्रधानमन्त्री, सभामुख बोल्दा बोल्दै भए पनि हात उठाएर आफ्नो कुरा राख्न पाउनुपर्छ ।’
उनले परम्परा भए पनि सबैको साझा प्रयासले हटाउन सकिने बताए । स्थापित लोकतान्त्रिक मान्यता र संसदीय परम्परालाई स्थापित गर्दै पुराना गलत मानकहरूलाई परिवर्तन गर्दै सभामुखको नेतृत्वमा नयाँ नयाँ मानक स्थापित हुने विश्वास व्यक्त गरे ।











