Logo
Logo

मध्यपूर्व युद्धकै कारण नेपाली स्वदेश फर्कनुपर्ने अवस्था छैन : परराष्ट्रमन्त्री शिशिर खनाल


441
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर रहेको बताएका छन् ।

सोमबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले मध्यपूर्वको युद्धका क्रममा ८८ हजारभन्दा बढीको नाम संकलन भएको जानकारी दिँदै तुरुन्त नेपाल आउनुपर्ने परिस्थितिलाई हेरेर आवश्यक काम गरिरहेको बताएका हुन् ।

उनले अहिले युद्धका कारण नभई नेपालीहरूको भिसा, कामको छुट्टी लगायतका नियमित किसिमका समस्याका कारणहरू देखिएको बताउँदै उनले युद्धकै कारणले अथवा असुरक्षाको कारणले स्वदेश फर्कनुपर्ने दबाब नदेखिएको बताए । 

मध्यपूर्वको युद्धका कारण हाल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिकै कारण सार्वजनिक निकायमा छुट्टी दिने निर्णय भएको जानकारी दिँदै मन्त्री खनालले आगामी दिनमा देखिनसक्ने अन्य समस्याका बारेमा सरकारले अध्ययन गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्