काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेका हुन् । अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायलाई परिपत्र गर्दै सरकारी विज्ञापन तथा सूचनाहरू सरकारी स्वामित्वका सञ्चारमाध्यमबाट मात्र प्रकाशन र प्रसारण गर्न निर्देशन दिएको थियो ।
सरकारको सो कदमविरुद्ध अधिवक्ता अनन्तराज लुइँटेलले सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमाथि आज सुनुवाइ भएका हो ।










