
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दैछन् ।
बालेन नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदूतहरुसँग सामूहिक छलफल हुन लागेको यो पहिलोपटक हो । भेटवार्ता दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ ।
छलफलमा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले प्रधानमन्त्रीले सामूहिक छलफल गर्न लागेका हुन् ।










