Logo
Logo

एमाले सांसदको आरोप- प्रधानमन्त्रीले प्रत्यक्ष र समानुपातिक सांसदमा विभेद गरे


882
Shares

काठमाडौं । नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले प्रधानमन्त्री बालेन शाहले प्रत्यक्ष र समानुपातिक सांसदलाई फरक–फरक व्यवहार गरेको आरोप लगाएकी छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेनले प्रत्यक्ष निर्वाचित सांसदहरूसँग मात्रै छलफल गरेको भन्दै आपत्ति जनाइन् ।
उनले भनिन्, ‘प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आउनु भएका माननीय सदस्यज्यूहरूमा किन विभेद ?’

प्रधानमन्त्रीले प्रदेशगत रुपमा प्रत्यक्षतर्फका सांसदहरूसँग भेट गरेका छन् । तर, यसमा समानुपातिक सांसदहरुलाई सहभागी गराइएको थिएन् ।

‘प्रधानमन्त्री ज्यूबाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित माननीय ज्यूहरूलाई भेटी विकास निर्माणको विषयमा कुरा राख्न पाउने अवसर प्रदान गर्नुभएको कुरा सुन्न आएको छ । तर, समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित माननीय सदस्यज्यूहरू उक्त अवसरबाट किन बन्चित ?’ उनले प्रश्न गरिन् ।

प्रतिक्रिया दिनुहोस्