Logo
Logo

कूटनीतिक मर्यादा र आचारसंहिताबारे मन्त्रीहरूलाई परराष्ट्रको प्रशिक्षण


189
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले कूटनीतिक मर्यादा र आचारसंहिताबारे नयाँ सरकारका मन्त्रीहरूलाई प्रशिक्षण दिएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रीलाई राखेर ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ शीर्षकमा परराष्ट्र सचिव अमृतबहादुर राईले प्रशिक्षण दिएका हुन् ।

परराष्ट्र सचिव राईले मन्त्रीहरूलाई अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवद्र्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत जानकारी दिएकाे प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

दाहालका अनुसार राइले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमा र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढङ्गले जानकारी गराएका थिए । यस्तै सचिव राईको प्रस्तुतिमा नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षमा विशेष जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्