Logo
Logo

छठले सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना प्रगाढ बनाई राष्ट्रिय एकता सुदृढ गर्ने राष्ट्रपतिको विश्वास


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले छठपर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैंगिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्स व्यक्त गर्नुभएको छ । छठपर्व २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गर्दै उहाँले विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणबाट जोगिन पूर्वसावधानीका उपायको पालना गर्दै मनाउन सबैमा आह्वान गर्नुभएको छ ।

छठले मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्दै सबै नेपालीमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।

नेपालको विशेषगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहमा समेत हर्षोल्लासका साथ मनाइन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि पञ्चमी, षष्ठी र सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीका किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य दिएर यो चाड मनाइन्छ । यस पर्वमा सूर्य देवता र छठीमाताको पूजार्चना गरी छठको व्रत विधिपूर्वक सम्पन्गर्नाले मनोवाञ्छित फल पाइने, समाज र परिवारको कल्याण हुने तथा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस्