Logo
Logo

कांग्रेस महामन्त्री पौडेलको टिप्पणी- संसद् अधिवेशन स्थगनले गम्भीर प्रश्न उब्जायो


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद् अधिवेशन स्थगनले गम्भीर प्रश्नहरू उब्जाएको टिप्पणी गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको २४ घण्टा नबित्दै सरकारको सिफारिसमा संसद् अधिवेशन स्थगन गरेपछि नेता पौडेलले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘यस घटनाले बलियो बहुमत प्राप्त सरकारले नीति निर्माणका विषयमा संसदलाई विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्नुपर्नेमा अध्यादेशको बाटो रोज्न खोजेको त होइन भन्ने आशंका उब्जाएको छ ।’

सहज संसदीय अंकगणित र अनुकूल राजनीतिक परिस्थिति हुँदाहुँदै पनि सरकारको राजनीतिक आत्मविश्वास किन यति कमजोर भन्दै उनले प्रश्न पनि गरेका छन्।

लोकतन्त्रमा विधि र प्रक्रियाको पारदर्शितालाई उच्च महत्व दिइनुपर्नेमा जोड दिँदै महामन्त्री पौडेलले प्रक्रिया छलेर परिणाम खोज्नु पद्दति र मर्यादा दुवैको अवमूल्यन भएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘त्यसैले, जननिर्वाचित संस्थाको गरिमा उच्च राख्न र गरिमामय संसद्लाई पूर्ण विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्न म सरकारसँग अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्