Logo
Logo

पोखरा पुगे पूर्वराजा ज्ञानेन्द्र, विमानस्थलमा बाजागाजासहित स्वागत


315
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । उनलाई समर्थकहरुले विमानस्थलमा भेला भएर स्वागत गरेका छन् । शाहको स्वागतका लागि उनका समर्थकहरू बाजागाजासहित उपस्थित भएका थिए । उनीहरुले ‘राजा आउ, देश बचाउ’ भन्दै गणतन्त्र विरूद्ध नारा समेत लगाएका छन् ।

लोकतन्त्र दिवसकै दिन पूर्वराजा ज्ञानेन्द्र पोखरा भ्रमणमा निस्किएका हुन् । उनी पोखरामा नवनिर्मित सोल्टी होटलमा बस्ने छन् । ज्ञानेन्द्र शाह पोखरामा कम्तिमा २ हप्ता बस्ने योजनाका साथ भ्रमणमा गएको सुरक्षा स्रोतले जनाएको छ ।

पोखरा बसाइँको क्रममा उनले विभिन्न स्थान अवलोकन गर्ने र भेटघाट समेत गर्ने कार्यक्रम छ । पूर्वराजा कम्तिमा २ हप्ता पोखरा बस्ने यसपटकको भ्रमणबाट राजनीतिक हिसाबले पनि सन्देश दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्